दुर्घटनामा बोलेरो चालकको मृत्यु
काठमाडाैं | जेठ २०, २०७९
काठमाण्डौँः पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत हेटौँडा–३ को तीनताप्के भन्ने ठाउँमा कुखुरा बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा बोलेरोका चालकको मृत्यु भएको छ ।
आज दिउँसो बस्तिपुरबाट हेटौँडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा हेटौंँडा–६ का ३३ वर्षीय गोपाल दाहालको मृत्यु भएको हो ।
एकदिन अघि पनि सोही ठाउँनजीक ट्याक्टर दुर्घटना हुँदा चितवनको रत्ननगर–८ का ३१ वर्षीय सन्दिप अर्यालको ज्यान गएको थियो ।
हेटौंँडाबाट मनहरीतर्फ जाँदै गरेको ना २ च २९५ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई खोल्सामा पल्टिदा चालक अर्यालको घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएकोे छ
काठमाडौं: नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (पुस २७) छापावाल सुनको मूल्य तोलामा २८ सयले बढेको हो । यससँगै उपभोक्ताले एक तोला...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

